गायक प्रविन बज्राचार्यको स्वरमा ‘सालघारी बनमा’ सार्वजनिक |



काठमाडौँ । गायक प्रविन बज्राचार्यको मधुर स्वरमा नयाँ प्रेमगीत ‘सालघारी बनमा’ सार्वजनिक भएको छ। प्रेम, भावना र प्रकृतिको सुन्दर संयोजन प्रस्तुत गरेको यस गीतले संगीतप्रेमीको मन तानेको छ।

गीतको भिडियोमा कलाकार लक्ष्चु र सजिना देउलाले रोमान्टिक अभिनय गरेका छन्, जसले युवा पुस्ताको प्रेम र सम्बन्धको अनुभूति सजीव रूपमा अभिव्यक्त गरेको छ।

शङ्कर ज्वालाले शब्द लेखेका यस गीतमा संगीत संयोजन तथा एरेञ्जमेन्ट दीपेश सिंहले गरेका छन्। गीतको छायांकन बलकुमार मगर, सम्पादन अनिल कुमार मगर र निर्देशन सुरेन्द्र मानन्धरले गरेका हुन्।

सुन्दर दृश्य, भावनात्मक कथा र मधुर संगीतको मेलमा बनेको ‘सालघारी बनमा’ हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

🎵 भिडियो यहाँ हेर्न सकिन्छ: ‘सालघारी बनमा’

प्रतिक्रिया दिनुहोस्