चाडबाडमा विदेशिएका बाबालाई सम्झिँदै छोरीको आँसु (भिडियोसहित)



काठमाडौं । दसैं–तिहार नजिकिँदै गर्दा मार्मिक नेपाली गीत ‘चाडबाड’ सार्वजनिक भएको छ । विदेशमा रहनुपरेको बाध्यता र त्यसबाट परिवारमा पर्ने भावनात्मक असरलाई गीतले उजागर गरेको छ ।

गीतमा छोरीले चाडबाडमा बाबासँग सँगै हुन नसकेको पीडा पोख्छिन् भने बाबाले परदेशमा बसेर परिवारको सम्झनामा बिताउनुपर्ने बाध्यता प्रस्तुत गरिएको छ । गीतले परदेशिएका लाखौँ नेपाली बाबाआमाको पीडा र परिवारको माया मार्मिक ढंगले चित्रण गरेको छ ।

अमेरिका निवासी गायक विजय सङ्खरले स्वर, शब्द र संगीत भरेका छन् । उनलाई स्वरमा छोरी प्रिस्किला सङ्खरले साथ दिएकी छिन् । गीतको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ दीपकराज विश्वकर्माले गरेका छन् । साथै उनले निर्देशनसमेत गरेका भिडियोमा दीपकराज आफैंसँगै अजिता विश्वकर्मा, आज्ञा बस्नेत र आदिम विश्वकर्माको अभिनय देख्न सकिन्छ ।

भिडियोको छायांकन सुबिन गोदार र सम्पादन दिन्‍सन शाहले गरेका हुन् । गीतमा देखाइएको भावनात्मक प्रस्तुति र कलाकारहरूको अभिनयले वास्तविक जीवनको कथा झल्काएको दर्शकले अनुभव गर्नेछन् भन्ने विश्वास गरिएको छ ।

‘चाडबाड’ गीतको म्युजिक भिडियो ‘विजय सङ्खर अफिसियल’ युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्