
केन्टकी (अमेरिका), २० सेप्टेम्बर ।
नव गायक रुजन सिवाकोटीले आफ्नो नयाँ गीत ‘चञ्चले आँखा…’ अमेरिकाबाटै सार्वजनिक गरेका छन् । भर्जिनियामा रहेर स्थानीय कार्यक्रमहरूमा प्रस्तुति दिँदै आएका झापाका रुजनले गायिका मेलिना राईसँग युगल स्वरमा गाएको यस गीतलाई अमेरिकाको बाल्टिमोरस्थित आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।
गीतका शब्द डीपी खनालले लेखेका हुन् भने संगीत देवेन्द्र बरालले तयार गरेका छन् । संगीत संयोजन विषम आचार्यको रहेको यो गीतमा कुमार केसीले मिक्सिङ गरेका छन् ।

भिडियोतर्फ, गीतमा अभिनेता सुनिल क्षत्री र नायिका केकी अधिकारीले आकर्षक अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि सुनिल क्षत्रीले नै गरेका हुन् भने कोरियोग्राफी अबी वाग्ले, छायांकन दिनेश पराजुली, सम्पादन र रंग संयोजन अमृत चापागाईँले गरेका छन् ।
सुन्दर दृश्य र नृत्यप्रधान प्रस्तुतीमा तयार भएको यो भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरेका हुन् । दर्शकहरूले भिडियो मन पराइरहेको प्रतिक्रिया आएपछि गायक रुजनले खुसी व्यक्त गरेका छन् ।
link for video :





