केशव राईको शब्दमा मेयर हर्क साम्पाङलाई समर्पित गीत सार्वजनिक



काठमाडौं । धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङलाई समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’ सार्वजनिक गरिएको छ । गीतकार तथा ब्रिटिस गोर्खा आर्मी केशव राईको शब्दमा तयार गरिएको यस गीतलाई वरिष्ठ गायक राई इज किङ राजेश पायल राई र लोकप्रिय गायिका सुनिता थेगिमले स्वर दिएका छन् ।

गीतमा पवन बान्तावा राईको संगीत रहेको छ भने राजु कार्कीले एरेञ्ज गरेका छन् । विशाल चौतारी टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोलाई विशाल राईले निर्देशन गरेका हुन् । ध्रुव राई काइला यसमा प्रस्तोता तथा निर्माता रहेका छन् ।

गीत सार्वजनिक भएपछि श्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको गीतकार राईले बताएका छन् । यसअघि उनले ‘गाउँबेसी’ र ‘आसुको भेल बालेको’ शीर्षकका गीत सार्वजनिक गरिसकेका छन् ।

तर, गीत सार्वजनिक भएको दिनमै नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा यसको प्रचार–प्रसारमा असर पुगेको छ । फेसबुक र युट्युब अवरुद्ध हुँदा गीत–संगीत क्षेत्र नै प्रत्यक्ष मारमा परेको र यसले कलाकार तथा निर्माताको आयस्रोतमा समेत नकारात्मक प्रभाव पारेको बताइएको छ ।

Song LINK : https://youtu.be/N98rkxg6N6A?si=Q00fSMYB3WP8Fix-

प्रतिक्रिया दिनुहोस्