‘कुन्नि कति खेर’ सार्वजनिक, शिवानी भगत र देव अहिर रावको आवाजमा नयाँ गीत



काठमाडौं । नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक गरिएको छ ।

आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र संगीत डा. सुरेश थपालियाले लेख्नुभएको हो । मुम्बईस्थित एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन स्वयं गायक देव अहिर रावले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ अरविन्द सोनुले गरेका छन् ।

प्रकाश धितालको निर्देशन रहेको म्युजिक भिडियोमा सागर खनाल र बिना राउतको अभिनय देख्न सकिन्छ । भिडियोलाई सुबिन गोदारले छायांकन गरेका हुन् भने सम्पादन र रङ संयोजन टेकेन्द्र शाहले गरेका छन् ।

गीत सुन्न यहाँ क्लिक गर्नुहोस्:
👉 कुन्नि कति खेर – YouTube

प्रतिक्रिया दिनुहोस्