
काठमाडौं ।
संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय गायक दीपक बज्राचार्यले संचालन गरेको पोडकास्ट श्रंखला **‘प्रोजेक्ट नजिक’**को पहिलो एपिसोड सार्वजनिक भएको छ।

साताको हरेक मंगलबार राति ८ बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने यो श्रंखलाको सुरुवाती भागमा लोकप्रिय सांगीतिक ब्याण्ड १९७४ AD का गिटारिस्ट मनोज कुमार केसी अतिथि बनेका छन्।
पोडकास्ट ‘प्रोजेक्ट नजिक’मार्फत पर्दा पछाडि रहेर समाजमा योगदान दिइरहेका विभिन्न क्षेत्रका व्यक्तित्वसँगका अनकथित कुराकानी सार्वजनिक गरिँदैछ। साथै, यस श्रंखलाको उद्देश्य ओझेलमा परेका स्रष्टाको सम्मान, लोप हुँदै गएका नेपाली बाजाहरूको परिचय, र समकालीन कलाकारबीचको आत्मीय संवाद प्रस्तुत गर्नु रहेको गायक बज्राचार्यले बताए।
पोडकास्ट एपिसोडहरू एपिवान टेलिभिजनमा प्रसारणपछि गायक बज्राचार्यकै ‘डी प्रोडक्सन’ युट्युब च्यानलमार्फत पनि हेर्न सकिनेछ।





