
काठमाडौं। बाफल कलंकीमा अवस्थित अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ कलेज (OAEC) नेपालमा प्राविधिक शिक्षाको क्षेत्रमा एक अग्रणी, भरपर्दो र गुणस्तरीय शिक्षाको केन्द्र हो ।
निजि र सार्वजनिक यातायातको सहज पहुँच भएको यस कलेजले शैक्षिक अभ्यासलाई अझ प्रभावकारी बनाउँछ। अक्सफोर्ड कलेज शैक्षिक उत्कृष्टता र विद्यार्थीमैत्री वातावरणको अनुपम संयोजन हो, जहाँ विद्यार्थीहरूको शैक्षिक विकाससँगै व्यक्तित्व विकासमा समेत विशेष ध्यान दिईन्छ।
अक्सफोर्ड कलेजको दृष्टिकोण
अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ कलेज नेपालको प्राविधिक शिक्षाको क्षेत्रमा अग्रेणी भूमिका निर्वाह गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रुपमा स्थापित हुन सफल भएको छ। कलेजले गुणस्तरीय शिक्षण, व्यावहारिक सिकाई र उद्योगसँगको सहकार्यको माध्यामले विद्यार्थीहरूलाई व्यवसायिक रूपमा सक्षम बनाउने लक्ष्य लिएको छ।
कलेजले विद्यार्थीलाई व्यवहारिक तालिमसहित रोजगारीको लागि योग्य बनाउने, देश वा विदेशमा सफलता प्राप्तिमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। देशका विभिन्न भागबाट गुणस्तरीय शिक्षा लिन आउने सबै वर्ग र क्षेत्रका विद्यार्थीलाई क्षमतामा आधारित छात्रवृत्ति तथा वित्तीय सहायताद्वारा समावेशी शिक्षा प्रवर्द्धन गरिरहेको छ।

शैक्षिक पूर्वाधार र सुविधा
अक्सफोर्ड कलेजले आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा कोठा, उच्च गतिको इन्टरनेट, प्रोजेक्टरको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापलाई अझ अन्तरक्रियात्मक बनाएको छ। सिभिल, कम्प्युटर, भौतिकशास्त्र, रसायनशास्त्र लगायतका विषयका लागि सुविधा सम्पन्न प्रयोगशालाहरु छन्।
जहाँ विद्यार्थीहरूले व्यावहारिक अभ्यास गर्न सक्छन्। साथै, पुस्तकालयमा पाठ्यपुस्तकदेखि प्राविधिक पत्रिकासम्मको पहुँच छ। कलेजको स्वच्छ र पौष्टिक क्यान्टिनले विद्यार्थीहरूलाई स्वच्छ खानाको वातावरण समेत निर्माण गर्दछ।
अनुभवी शिक्षक
कलेजमा प्राविधिक शिक्षामा दशकौँदेखि प्राध्यापनरत शिक्षक तथा प्रशिक्षकहरू कार्यरत छन्। विशेष रूपमा, CTEVT अन्तर्गतको बालाजु टेक्निकल इन्स्टिच्युटबाट आएका पाँच वरिष्ठ शिक्षकहरू यहाँ कार्यरत छन्।
उनीहरूले प्रोजेक्ट-आधारित सिकाइ, समूह छलफल, केस स्टडी, मल्टिमिडिया सहायता प्रयोग गरेर शिक्षण गराउँछन्। यसबाहेक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तालिम, सेमिनार र अन्तरक्रिया समेत आयोजना गरिन्छ।
सिभिल इन्जिनियरिङ डिप्लोमा
तीन वर्षे सिभिल इन्जिनियरिङ डिप्लोमा SEE वा सो सरह उत्तीर्ण विद्यार्थीका लागि लक्षित कार्यक्रम हो। यसमा भवन निर्माण, सर्वे, हाइड्रोलिक्स, माटो यान्त्रिकी, संरचनात्मक इन्जिनियरिङ जस्ता विषयहरू समावेश छन्।

नियमित साइट भ्रमण, फील्ड प्रोजेक्ट, माटो परीक्षण, CAD प्रयोगशाला जस्ता अभ्यासमार्फत विद्यार्थीहरूलाई वास्तविक अनुभव दिइन्छ। अन्तिम वर्षको परियोजनाले उनीहरूको सीप प्रदर्शन गर्न सहयोग गर्छ। यो कार्यक्रमबाट पास हुने विद्यार्थीहरू नेपाल तथा विदेशमा साइट सुपरभाइजर, सहायक इन्जिनियर, इष्टिमेटर जस्ता भूमिकामा सजिलै काम पाउँछन्।
कम्प्युटर इन्जिनियरिङ डिप्लोमा
तीन वर्षे कम्प्युटर इन्जिनियरिङ कार्यक्रम कम्प्युटर विज्ञानको सिद्धान्तसँगै व्यावहारिक अभ्यासमा केन्द्रित छ। C, C++, Python, HTML, CSS, JavaScript, डेटाबेस व्यवस्थापन, नेटवर्किङ, हार्डवेयर मर्मत र सफ्टवेयर इन्जिनियरिङजस्ता विषयहरू समावेश छन्।

विद्यार्थीहरूले वेबसाइट, मोबाइल एप्स तथा सफ्टवेयर परियोजनाहरूमा काम गर्छन्। आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, एथिकल ह्याकिङ जस्ता विषयमा कार्यशाला पनि आयोजना गरिन्छ। उत्तीर्ण विद्यार्थीहरूलाई IT कम्पनी, वेब विकास, सपोर्ट इन्जिनियर, डेटाबेस व्यवस्थापक, नेटवर्क प्रशासक तथा उच्च अध्ययनका अवसरहरू उपलब्ध छन्।
रोजगारीका अवसर र उद्योग साझेदारी
अक्सफोर्ड कलेजले निर्माण, IT तथा अन्य प्राविधिक क्षेत्रमा कार्यरत कम्पनीहरू, NGO तथा अन्तर्राष्ट्रिय संस्थासँग साझेदारी गरी विद्यार्थीलाई इन्टर्नसिप, तालिम तथा जागिरको अवसर प्रदान गर्दछ।
विद्यार्थीहरूले पढ्दापढ्दै कम्पनीहरूको सहकार्यमा प्रोजेक्टहरूमा काम गर्न पाउँछन्, जसले उनीहरूको आत्मविश्वास र सीप बढाउँछ।
विद्यार्थी जीवन
अक्सफोर्डमा अध्ययन गर्नु केवल किताव पढ्न मात्र होइन, बहुआयामिक विकास गर्ने अवसर हो। कलेजले नेपाली सांस्कृतिक विविधतालाई उजागर गर्ने कार्यक्रमहरू, सांगीतिक प्रस्तुति, नृत्य, प्रतिभा खोज, स्वागत-विदाई, आदि आयोजना गर्छ।

प्राविधिक प्रतियोगिताहरूमा कोडिङ, ब्रिज निर्माण, रोबोटिक्स, सामान्य ज्ञान क्विज आदि समावेश छन्। खेलकुद गतिविधिमा साथै विद्यार्थीको मानसिक स्वास्थ्य र करियर गाइडका लागि व्यक्तिगत तथा शैक्षिक परामर्श समेत उपलब्ध गराउँछ।
अक्सफोर्ड फेष्टको शुरुवात
२०८२ असार १७ गते बिहान ७ बजेबाट सुरु भएको अक्सफोर्ड फेष्ट 2025 मा विविध सांस्कृतिक कार्यक्रम, चैतन्य ब्याण्ड र लोक ब्याण्डको प्रस्तुति, विद्यार्थीहरूको नृत्य र गीत, पदक वितरण जस्ता रचनात्मक कार्यक्रमहरु संचालन गरेको थियो।

पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमले विद्यार्थीहरुलाई नियमित कक्षाकोठाको शिक्षा बाहेकको सिकाई र एकता प्रवर्द्धन गगर्न भूमिका निर्वाह गरेको थियो। कार्यक्रमको प्रभावकारीताले गर्दा आगामी वर्षदेखि नियमित रुपमा अक्सफोर्ड फेष्ट संचालन गर्ने कलेज प्रशासनले जनाएको छ।
छात्राहरुको लागि नि:शुल्क कम्प्युटर तालिम
अक्सफोर्ड कलेजले RUWON नेपालसँग मिलेर ‘She Can Digital’ अभियान सञ्चालन गरेको छ। यो कार्यक्रम ग्रामीण तथा पिछडिएका समुदायका किशोरीहरुलाई डिजिटल साक्षरतामा प्रशिक्षण दिने उद्देश्यले गरिएको हो।

तीन/ तीन महिनासम्म संचालन हुने आधारभूत र एडभान्स कोर्ष मार्फत कम्प्युटरका आधारभूत ज्ञानहरु दिईने अफिस टुल्स, इन्टरनेट प्रयोग, डिजाईनिङ्ग समेत सिकाईन्छ। तालिमले किशोरीहरुलाई रोजगारी मार्फत आत्मनिर्भर बन्न प्रेरित गर्दै डिजिटल अर्थतन्त्रको हिस्सा बन्न प्रेरित गर्छ।
छात्रवृत्ति कार्यक्रमहरू
अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेजले गुणस्तरीय प्राविधिक शिक्षालाई सबै वर्गका विद्यार्थीहरूका लागि पहुँचयोग्य बनाउन विभिन्न छात्रवृत्ति योजना सञ्चालन गरेको छ। यी छात्रवृत्तिहरूले प्रतिभावान तथा आवश्यकतामा रहेका विद्यार्थीहरूलाई अध्ययनमा प्रोत्साहन पाउनेछन्।

योग्यता आधारित छात्रवृत्ति (Merit-based):
प्रवेश परीक्षा वा सेमेस्टर परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई यो छात्रवृत्ति दिईन्छ। यसले पढाइमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान र प्रेरणा दिन्छ।
आवश्यकता आधारित छात्रवृत्ति (Need-based):
आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका तर अध्ययनमा इच्छुक विद्यार्थीहरूका लागि यो योजना लागू गरिएको हो। यस छात्रवृत्तिबाट योग्य तर विपन्न विद्यार्थीहरूलाई शिक्षा निरन्तरता दिन सहज हुन्छ।
CTEVT आरक्षित कोटा छात्रवृत्ति:
नेपाल सरकार तथा CTEVT द्वारा निर्धारण गरिएको कोटाअनुसार महिला, दलित, आदिवासी जनजाति, अपांगता भएका विद्यार्थीहरूका लागि छुट्टै छात्रवृत्ति व्यवस्था गरिएको छ। यसले शिक्षा क्षेत्रमा समानता र समावेशीताको प्रवर्द्धन गर्छ।
यी छात्रवृत्ति योजनाहरू अक्सफोर्ड कलेजको समान अवसरमा आधारित शिक्षाको प्रतिवद्धतालाई झल्काउँछ र विद्यार्थीहरूलाई भविष्य निर्माणमा सशक्त बनाउँछ।
निष्कर्ष
अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ कलेज शैक्षिक संस्था मात्र होइन, भविष्य निर्माण गर्ने थलो हो। गुणस्तरीय डिप्लोमा कार्यक्रमहरू, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार, उद्योग साझेदारी र समर्पित वातावरणले विद्यार्थीलाई जीवनभरी सफल बनाउन सक्षम बनाउँछ।
नेपालमै भविष्य बनाउने वा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने दुवै लक्ष्य भएका विद्यार्थीका लागि अक्सफोर्ड कलेज एक आदर्श गन्तव्य हो।
सम्पर्क विवरण
स्थान: बाफल, कलंकी, काठमाडौं
सम्पर्क: ९८५१३६४५८० / ९७०५३६४५८०
इमेल: [email protected]
वेबसाइट: oxfordcollege.com.np
फेसबुक: OxfordcollegeKathmandu





