‘जदौ’ मा मुख्य अभिनेत्रीको रूपमा नीति शाह अनुबन्धित



काठमाडौं, असार २२ – अन्तरजातीय प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जदौ’ मा प्रमुख अभिनेत्रीका रूपमा नीति शाह अनुबन्धित भएकी छन्। शनिबार राजधानीमा आयोजित एक समारोहमा नीति र फिल्मका निर्माताबीच आधिकारिक सम्झौता सम्पन्न भएको हो।

यसअघि नै अभिनेता मुकुन भुसाललाई प्रमुख भूमिकामा अनुबन्ध गरिसकिएको फिल्म ‘जदौ’ लाई काजी लिम्बूले लेखेका हुन्। चलचित्र सिल्भर स्क्रिन इन्टरटेन्मेन्टसमिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट को संयुक्त ब्यानरमा निर्माण हुँदैछ।

फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री रहेका छन् भने निर्माण व्यवस्थापन बुद्धि माझीले सम्हाल्नेछन्।

‘जदौ’ को छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ। फिल्मका दृश्यहरू दाङ र प्युठानका विभिन्न स्थानमा खिचिनेछन्।

बाबुल गिरीको संगीत रहेको यस फिल्मका प्युठानतर्फका निर्माण व्यवस्थापक लछुमन भण्डारी रहनेछन्।

सिल्भर स्क्रिन इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक बिमला भण्डारीका अनुसार निर्देशकसहित बाँकी कलाकार र प्राविधिक टोलीको विवरण चाँडै सार्वजनिक गरिनेछ।

प्रतिक्रिया दिनुहोस्