‘जाउ हिडौं बटौली’ सार्वजनिक : समिक्षा र सीडी विजयको स्वरमा भावुक प्रेमगीत (भिडियो)



काठमाडौं ।
चर्चित गायिका समिक्षा अधिकारी र गायक सीडी विजय अधिकारीको युगल स्वरमा सजिएको नयाँ गीत ‘जाउ हिडौं बटौली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली सांगीतिक क्षेत्रमा सक्रिय हाइटेक इन्टरटेन्मेन्टले निर्माण गरेको यस गीतमा सुष्मा सिग्देलको शब्द र अनिल शाहीको संगीत रहेको छ।

गीतमा पछिल्लो समयका चर्चित जोडी उषा उप्रेतीप्रभातपाल ठकुरीको अभिनय रहेको छ। भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् भने छायांकन सौरभ लामा, सम्पादन मित्र डी गुरुङ र कलर ग्रेडिङ सुदीप पाण्डेले गरेका हुन्।

गीतकार, संगीतकार तथा गिटारवादकको रूपमा पहिचान बनाएका अनिल शाहीले यसअघि धेरै हिट गीतमा संगीत दिइसकेका छन्। स्वर र निर्देशन दुवैमा दक्ष शाहीले यस गीतमा संगीत भरेका छन्।

‘जाउ हिडौं बटौली’ गीतले प्रेमभाव, यात्रा र सम्बन्धको गहिरो संवेदनालाई प्रस्तुत गर्ने प्रयास गरेको छ। भिडियो सार्वजनिकसँगै दर्शक र श्रोतालाई राम्रो प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।

Link :

https://www.youtube.com/watch?v=L4FPmNx9dG4

प्रतिक्रिया दिनुहोस्