‘सबैको हाई हाई बन्न सकिँदैन’ भन्दै आइन् एलिना चौहाननयाँ गीतमार्फत गायिकाको भावनात्मक अभिव्यक्ति



काठमाडौं । लोकप्रिय गायिका एलिना चौहानले नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक गरेकी छन् । आफ्नै जीवनसँग मेल खाने शैलीमा तयार गरिएको यो गीतमा एलिनाले भावनात्मक अभिव्यक्ति व्यक्त गरेकी छन् ।

गीतका शब्द र संगीत कस्तुप पन्तले तयार पारेका हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् । एलिनाको स्वर र भावनाले गीतलाई अझ मर्मस्पर्शी बनाएको छ । रोमान्टिक शैलीको यो गीत मन छुने शब्द र प्रस्तुति बोकेको छ ।

सारथी म्युजिक प्रालिको ब्यानरमा बनेको गीतको भिडियो समेत आकर्षक छ । भिडियोमा स्मारिका ढकालको अभिनय रहेको छ भने कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका छन् ।

महेश महराले छायाङ्कन गरेको भिडियोको सम्पादन दीपक विष्टले गरेका हुन् । सार्वजनिक भएको २४ घण्टा नबित्दै गीतलाई १ लाख ७४ हजारभन्दा बढीले हेरेका छन् । साथै, गीतमा आधारित टिकटक भिडियोहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्