
काठमाडौं । निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘कुम्भ’ यही मंसिर १२ गतेदेखि नेपाली र हिन्दी भाषामा एकसाथ देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा बनेको यो चलचित्र एक्सन विधामा आधारित छ। दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको यस चलचित्रमा नवनायक अशोक आर्यनसँगै बरिष्ठ कलाकार सुनिल थापा, सुशील पोखरेल, अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काले मुख्य भूमिका निर्वाह गरेका छन्।
चलचित्रको छायांकन स्वयं निर्देशक श्रेष्ठले गरेका हुन् भने द्वन्द्व निर्देशन सम्राट बस्नेतले सम्हालेका छन्। निर्माता रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह रहेका छन् भने कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती हुन्। सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्।
‘कुम्भ’ को वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।





