
काठमाडौं, असार – सगरमाथा म्युजिक अवार्डको सातौं संस्करण २०८२ मा आयोजना हुने भएको छ। अवार्डका लागि आवेदन फारम खुला भएको जानकारी आयोजक संस्था अर्थ नेपाल प्रालिले जारी गरेको प्रेस विज्ञप्तिमार्फत दिइएको छ।
‘नेपाली कला र श्रष्टाको सम्मान, संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डका लागि २०७९ साल बैशाखदेखि २०८१ साल चैत्र मसान्तसम्म सार्वजनिक भएका गीत–संगीतले सहभागिता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जनाएका छन्।
यसअघि सगरमाथा म्युजिक अवार्डका ६ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। सातौं संस्करणमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी तथा पप–आधुनिक विधामा देशभरका सिर्जनशील कलाकारहरूको सहभागीता रहनेछ।
अवार्ड समारोहमा नेपाली गीत–संगीत क्षेत्रमा योगदान पुर्याएका एक विशिष्ट व्यक्तिलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ। साथै, कलाक्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरूलाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ। त्यस अन्तर्गत एउटा अग्रज रंग पत्रकारलाई नगदसहित ‘रजत पत्रकारिता सम्मान’ प्रदान गरिनेछ।
अवार्डमा सहभागी हुन चाहनेहरूका लागि आवेदन फारम सगरमाथा म्युजिक अवार्डको आधिकारिक वेबसाइट मार्फत उपलब्ध हुनेछ।
प्रतियोगिता विधा:
- सर्वोत्कृष्ट राष्ट्रिय भाव
- सर्वोत्कृष्ट चलचित्र गीत
- सर्वोत्कृष्ट पप–आधुनिक गायक
- सर्वोत्कृष्ट पप–आधुनिक गायिका
- सर्वोत्कृष्ट पप–आधुनिक गीतकार
- सर्वोत्कृष्ट पप–आधुनिक महिला गीतकार
- सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार
- सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन
- सर्वोत्कृष्ट पप–आधुनिक मोडल (पुरुष)
- सर्वोत्कृष्ट पप–आधुनिक मोडल (महिला)
- लोक पप गायन
- सर्वोत्कृष्ट लोक दोहोरी गायक
- सर्वोत्कृष्ट लोक दोहोरी गायिका
- सर्वोत्कृष्ट लोक दोहोरी लय
- सर्वोत्कृष्ट लोक दोहोरी मोडल (महिला)
- सर्वोत्कृष्ट लोक दोहोरी मोडल (पुरुष)
- सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार
- सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
- सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक
- नव प्रतिभा मोडल
- नव प्रतिभा गायन





