कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’ गीत सार्वजनिक (भिडियो)



काठमाडौं, असार ५

कर्णबाघ प्रोडक्सनको पहिलो सांगीतिक प्रस्तुति ‘अन्त नसरे’ बोलको गीत राजधानीमा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ। बुधबार आयोजित कार्यक्रममा गीतको अडियो र म्युजिक भिडियो दुबै सार्वजनिक गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी थिए। कार्यक्रममा सांसदहरू ज्ञानेन्द्र बहादुर शाही, कान्तिका सेजुवाल, दयाल बहादुर शाही, पूर्वमन्त्री मोहन बानियाँ, एमाले नेता गोरख बहादुर बोगटी, शान्तिलाल महत लगायत कर्णाली प्रदेशका विभिन्न बुद्धिजीवी, कलाकार र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

दीपक शर्माको शब्द र संगीतमा तयार गरिएको उक्त गीतमा तुलसी सिवाकोटी र बेनिशा पौडेलको युगल स्वर रहेको छ भने एरेञ्ज नरेन्द्र वियोगीले गरेका छन्। म्युजिक भिडियोमा विनोद शाही र दीपा शाहीको अभिनय देख्न सकिन्छ। भिडियोलाई विनोद शाहीले निर्देशन गरेका हुन्। सिनेमाटोग्राफी भुपेन्द्र थापामगर र सम्पादन माधव बेलबासेको रहेको छ।

गीत सार्वजनिक गर्दै मन्त्री शाहीले कर्णाली क्षेत्रले राज्यको मूलधारमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सबै राजनीतिक दल र जनप्रतिनिधिहरू कर्णालीको समग्र विकासमा एकमत देखिएको बताए। अन्य वक्ताहरूले पनि कर्णालीको समृद्धिमा कला, संस्कृति र सृजनात्मक प्रयासहरूको महत्वपूर्ण भूमिका हुने धारणा राखे।

उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

https://www.youtube.com/watch?v=H8rPB98TqZg

प्रतिक्रिया दिनुहोस्