२९ विधामा क्वालिटी इन्टरटेनमेन्ट अवार्ड प्रदान, भुवन चन्दलाई लाइफटाइम एचिभमेन्ट सम्मान



काठमाडौँ, असार ४ ।

चौथो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८१’ भव्य समारोहका बीच सोमबार सम्पन्न भएको छ। राजधानीको चाबहिलस्थित चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा २९ विधामा कलाकार, पत्रकार, र सिर्जनात्मक क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।

नेपाली चलचित्रकी पहिलो अभिनेत्री भुवन चन्द ‘लाइफटाइम एचिभमेन्ट अवार्ड २०८१’ बाट सम्मानित भइन्। उनलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १० हजार १० रुपैयाँ सहित सम्मान पत्र प्रदान गरेका थिए।

त्यसैगरी वरिष्ठ पत्रकार सानुकाजी श्रेष्ठलाई ‘क्वालिटी कला पत्रकारिता पुरस्कार २०८१’ प्रदान गरियो। उनलाई ५ हजार ५५५ रुपैयाँ सहित सम्मान गरिएको हो।

कार्यक्रममा नाट्यकर्मी वीरेन्द्र हमाल, गायिका सत्यकला राई, निर्देशक दिवाकर भट्टराई, साउन्ड रेकर्डिस्ट संजय श्रेष्ठ, निर्माता विनोद गुरुङ, चरित्र अभिनेत्री मञ्जु श्रेष्ठ, समाजसेवी डिल्लीमाया गुरुङ, नृत्य निर्देशक शंकर बिसी, कलाकार शिब बिक, समाजसेवी शान्ति सुनार (राज शान्ति), र मनु थुक्लुङलाई पनि सम्मानित गरिएको थियो।

अन्य सम्मानितहरूमा रमेश श्रेष्ठ, देवेन्द्र नेम्वाङ, पूर्ण सेलिङ लिम्बु, ध्रुव न्यौपाने, गायक हिमाल श्रेष्ठ, नेत्रजी पन्त, हुम गैरे, कमल विरही थापा लगायतका कलाकारहरू थिए।

सङ्गीत र चलचित्र विधामा अवार्ड विजेता:

  • आधुनिक गायक: हेमन्त शिशिर (‘तिम्रो माया बम गोलामा’)
  • डायस्पोरा गायक: धन किरण गुरुङ (‘मायाको सिमाना’)
  • गीतकार: विदुरराज गिरी (‘ब्यथा’)
  • संगीतकार: पल घले (‘ओ माया’)
  • म्युजिक भिडियो निर्देशक: मिलन श्रेष्ठ (‘नुवाकोटे यो झिल्के’)
  • पुरुष मोडल: दिक्पाल कार्की (‘चुपचाप’)
  • महिला मोडल: रिना गुरुङ (‘जुनेली’)

गाउँ प्रवर्द्धन गीत:

  • उत्कृष्ट गीत: ‘लकु फोरी’
  • जुरी अवार्ड: ‘भुमलीचोक गाउँ’

लोक र लोक–पप:

  • लोकगीत गायिका: सरिता भारती (‘नगर दोमन’)
  • लोक–पप गायक: रुद्र शर्मा (‘के होला भोली’)

चलचित्र विधि:

  • निर्देशक: दिलीप फुरुम्बो (‘सेमेवा’)
  • अभिनेता: रुद्र पाहिम (‘सेमेवा’)
  • अभिनेत्री: आकृति गुरुङ (‘ह्रोसै ङ्हो’)
  • चरित्र अभिनेत्री: पवित्र तेम्बे (‘सुगुप’)
  • टेली चलचित्र चरित्र अभिनेत्री: रश्मी पाण्डे (‘सक्किगोनी’)

लोक दोहोरी:

  • गीतकार: ओम छिनाल (‘दमौलीमा झर’)
  • गायक: मौसम गुरुङ (‘दमौलीमा झर’)
  • गायिका: पूजा पेरियार (‘पुरानो दौतारी’)
  • जुरी अवार्ड: कालिका रोका (‘देउरलिमा फूलपाती’)
  • नव गायिका: बिमा सारू मगर (‘गण्डकीको तीर’)
  • महिला मोडल: कमला बिसी (‘समय’)
  • पुरुष मोडल: लोमश शर्मा (‘गोर्खे खुकुरी’)
  • मौलिक गीत गायक: शुक्र तामाङ (‘सानकान्छी’)

संगीत संयोजक:

  • सुनिल परियार (‘पुरानो दौतारी’)
  • सुरत प्रधान (‘मायाको सिमाना’)

आदिवासी गीत विधि:

  • महिला मोडल: मिरा फियाक (‘मिम्जिरे मिक्टोक’)
  • लिम्बु गीतकार: सञ्च माया लिम्बु (‘मेन्छायम पालम’)
  • गायक: अमर योङहाङ लिम्बु (‘मिम्जिरे तराङ २’)
  • जुरी अवार्ड गायक: विवश नेम्वाङ (‘मिम्जिरे मिक्टोक’)
  • गायिका: दुर्गा कुमारी लिम्बु (‘चौबेस्मा मेछिन’)
  • जुरी अवार्ड गायिका: कर्मिला शेर्मा (‘तुखेसो पन्हा’)
  • पब्लिक च्वाइस गायिका: पदम कुमारी फियाक (‘तमके हाकपारे’)
  • पुरुष मोडल: सुरेन सिसिर केरुङ (‘नारागेन चैत’)
  • जुरी अवार्ड पुरुष मोडल: महेन्द्र कुमार लिम्बु (‘मेन्छायम पालम’)

म्युजिक भिडियो:

  • चरित्र अभिनेता: टसी गुरुङ (‘ओ माया’)
  • चरित्र अभिनेत्री: विमला इवारम (‘हङकङ चाईन –३’)

नेपाल भाषा गीत गायिका:

  • गंगादेवी महर्जन (‘कटनमारिया रुप छांगु’)

निर्णायक मण्डलमा निर्देशक सुचित्रा श्रेष्ठ, गायक डेभिड शंकर, गायिका जुनु रिजाल काफ्ले, संगीतकार हर्कुलेस बस्नेत, हास्य अभिनेता शेरबहादुर गुरुङ र बीजेन्द्र नौबागे रहेका थिए।

अवार्ड समारोहका संयोजक तथा चलचित्र निर्देशक उमेश गुरुङले नेपाली चलचित्र र संगीतको प्रवर्धनका लागि क्वालिटी फिल्म्सले चार वर्षदेखि नियमित रूपमा यो अवार्ड आयोजना गर्दै आएको जानकारी गराएका थिए। समारोहमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति पनि दिएका थिए।

प्रतिक्रिया दिनुहोस्