‘यो कथा हो मेरो’ सार्वजनिक, समाजका प्रतिनिधि कथामा आधारित म्युजिक भिडियो



काठमाडौं, असार ३

गायक सुगम पोखरेलको नयाँ गीत ‘यो कथा हो मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीति एल्बम नवमी मा समावेश यस गीतका शब्द, संगीत तथा संगीत संयोजन स्वयं सुगम पोखरेलकै रहेको छ।

गीतको भिडियोमा युवादेखि प्रौढसम्मका पात्रहरूका जीवनका कथा सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको छ। गायक पोखरेलका अनुसार भिडियोमा समाजका प्रतिनिधि कथाहरूलाई उतार्ने प्रयास गरिएको छ।

भिडियोको निर्देशन सुशान्त गौतमले गरेका हुन् भने छायांकन तथा सम्पादन योगेश दाहालले सम्हालेका छन्। भिडियोमा अञ्जु रिजाल, मिलन कार्की, स्नेहा जोशी, सन्तोष गिरी, सफर पोखरेल, नूर खनाललगायत कलाकारहरूले अभिनय गरेका छन्।

गायक पोखरेलले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

‘यो कथा हो मेरो’ को म्युजिक भिडियो गायक सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Video Link : https://www.youtube.com/watch?v=BaHNke6mRcE

प्रतिक्रिया दिनुहोस्