
काठमाडौं ।
गायक तथा संगीतकार डी.बी. गुरुङको स्वरमा रहेको नयाँ मौलिक कौडा गीत ‘मन चोर्नेहलाई कहाँ दिउँ उजुरी’ को भिडियो सार्वजनिक गरिएको छ। सयौं लोकप्रिय गीतमा आवाज दिएका गुरुङले पछिल्लो पटक यो कौडा शैलीको गीत लिएर आएका हुन्।
गीतमा शब्द र संगीत राजकुमार बगरको रहेको छ। भिडियोमा रीता तामाङ, प्रताप सुनुवार, बिनोद राजथला, अमृत राजथला र भवानी प्रसाद कार्की लगायतका कलाकारको अभिनय समावेश छ।
भिडियोको छायांकन तथा सम्पादन सुवास लिम्बुले गरेका छन्। कोरियोग्राफी तथा निर्देशन रोहित लाम्गादे र राज लावतीको रहेको छ। साथै सम्पादन सहयोग नन्दु भाइ लिम्बु र विजय लिम्बुले गरेका छन्।





