सिम्रन परियारको सुमधुर स्वरमा ‘घरको छेउमा तुलसी’ सार्वजनिक



काठमाडौं

नेपाली लोकभावना र सांस्कृतिक आत्मीयता झल्काउने नयाँ गीत ‘घरको छेउमा तुलसी’ सार्वजनिक भएको छ। गायक सुशील रुचाल र गायिका सिम्रन परियारको सुमधुर स्वरमा सजिएको यो गीत मनिष श्रेष्ठको शब्द तथा संगीतमा तयार गरिएको हो।

गीतको शब्दमा नेपाली मौलिकता र पारिवारिक भावना झल्किन्छ, जसलाई आकर्षक संगीत संयोजनले थप प्रभावशाली बनाएको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरीङको जिम्मेवारी आकाश नेपालीले निर्वाह गरेका छन्। रेकर्डिङ कार्य सा रे गा मा स्टुडियोमा सम्पन्न गरिएको हो।

गीतमा रत्न बीकेको बाँसुरी र मदन रेग्मीको मादलले लोकशैलीको मिठास थपेका छन्। समग्रमा गीतले नेपाली युवाको सिर्जनशीलता, प्रतिभा र सांस्कृतिक सम्पदाप्रतिको लगावलाई प्रभावशाली ढंगले उजागर गर्छ।

भिडियोको निर्देशन र कोरियोग्राफी स्वयं गीतकार तथा संगीतकार मनिष श्रेष्ठले गरेका छन्। भिडियोमा युसना केसी, मनिष श्रेष्ठ, सुशील रुचाल र मदन क्षेत्रीको अभिनय रहेको छ। साथमा टिम जलिशा श्रेष्ठ र गौशालास्थित केयर इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूले प्रस्तुत गरेको सामूहिक नृत्यले भिडियोलाई थप आकर्षक बनाएको छ।

भिडियो छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन् भने सम्पादन, रंग संयोजन र पोस्टर डिजाइनको जिम्मेवारी पदन सुवेदीले सम्हालेका छन्।

गीतले दर्शक र संगीतप्रेमीहरूबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

https://www.youtube.com/embed/FeQxOrIPPoU?si=suZDTnHMT_uXKLHJ

प्रतिक्रिया दिनुहोस्