चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमा सार्वजनिक, नेपाली विवाह परम्पराको मनोरञ्जनात्मक प्रस्तुति



काठमाडौं, जेठ २४।


चलचित्र ‘जन्तीबाख्रो’ युट्युबमार्फत सार्वजनिक भएको छ। सुवास गौतमको निर्देशन र उत्तम केसीको कथामा आधारित यो चलचित्र ब्राण्ड यु पिक्सचर्स प्रालिको ब्यानरमा तयार गरिएको हो। दुर्गा केसी र दुर्गा भण्डारीद्वारा निर्मित फिल्ममा अर्जुन गुरुङ, विनिता भण्डारी, लक्ष्मणविक्रम बस्नेत, मुकुन्द मैनाली, आयुस दाहाल, मिना जिसी, ज्योत्सना मगर, भुवन हुमागाईं, मनोज केसी, मनिषा रिजाल, नवराज तिवारी, भूमिका दाहाल र सानुप्रसाद घिमिरेलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

चलचित्रको प्रस्तुति उत्तम केसीले गरेका हुन्। यसमा शुभबहादुर सुनामको संगीत, प्रमोद ढुंगानाको शब्द रचना, पुस्कर सुनुवारको स्वर तथा एरेञ्ज सुन्न सकिन्छ। साजन घलेले छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका छन्।

‘जन्तीबाख्रो’ले नेपाली विवाह संस्कृतिमा समावेश जन्ती भोज, पासा खेल, माहुर खुवाउने, शिलक माग्ने, खैजडी भजनजस्ता परम्परालाई रमाइलो शैलीमा प्रस्तुत गरेको छ। चलचित्र चुइँचुइँ पारेर अनलाइन टिभी च्यानलमार्फत हेर्न सकिनेछ।

https://www.youtube.com/watch?v=dvw7YyFNsIA

प्रतिक्रिया दिनुहोस्