सुनिताको ‘जाली रुमाल’ : उत्तम र अनुषाको प्रेम कथा र पीडा



काठमाडौंँ ।
गायिका सुनिता ठगिमको स्वरमा सजिएको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक गरिएको छ। गीतमा वैदेशिक रोजगारका कारण श्रीमान् टाढा रहँदा श्रीमतीको मनमा उठ्ने पीडा र संवेदनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। गीतका शब्द र संगीत निलम रोजु राईले तयार पारेकी हुन् भने एरेञ्जर मनोज थापा हुन्।

गीतको भिडियो पनि आकर्षक बनेको छ। भिडियोमा उत्तम राई, अनुषा राई, अवि राई र सोवा तामाङले अभिनय गरेका छन्। भिडियोले बिदेसिएका श्रीमान्को अभावमा घरमा बाँकी रहेका श्रीमतीका भावनात्मक संघर्षलाई प्रस्तुत गर्छ।

किरण राईको निर्देशनमा तयार भएको भिडियो योगेन्द्र पेवाङ राईले निर्माण गरेका हुन्। तुलशा लिम्बुको छायांकन रहेको भिडियोको सम्पादन सरोज खालिङ राईले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्