
गायिका प्रिति आलेले लागुऔषध दुर्व्यसनीविरुद्धको सन्देश लिएर ल्याएको नयाँ गीत ‘चाहिदैन भो’ सार्वजनिक भएको छ। आफ्नै शब्द, लय र निर्देशनमा तयार गरिएको यो गीत उनको व्यक्तिगत युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
काठमाडौँस्थित विश्वकै उत्कृष्ट ४४ औं क्लब घोषित एलवोडी क्लबमा छायांकन गरिएको भिडियोमा दुर्व्यसनको समस्यालाई उजागर गरिएको छ। भिडियोमा प्रिति आलेसँगै गायक तथा अभिनेता प्रकाश सपुत, सुशिल नेपाल, एलिना खनाल, दिभिषा शर्मा र सुमन खड्काको अभिनय देख्न सकिन्छ।

“हाम्रो समाजमा लागुऔषधले धेरैको घर परिवार बर्बाद भएको देखेकी छु,” प्रिति आलेले भनिन्, “त्यसैले युवालाई सचेत गराउन र दुर्व्यसनबाट टाढा रहन प्रेरित गर्न यो गीतको माध्यम रोजेकी हुँ।”
गीतले लागुऔषधको प्रयोगले प्रयोगकर्तामात्र होइन, उनका परिवार र समाजमा समेत गहिरो असर पार्ने सन्देश दिन खोजेको छ। पृथक शैलीमा प्रस्तुत गरिएको यो गीत युवापुस्ताले निकै मन पराइरहेका छन् र सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रियाहरू पाइरहेको छ।
Link to video :





