गायिका एलिना चौहान आमासहित पोखरामा – कोटिहोम विराट ज्ञान महायज्ञमा दिने विशेष प्रस्तुति



पोखरा – चर्चित गायिका एलिना चौहान यतिबेला आमासहित पोखरामा छन्। उनी पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा विशेष प्रस्तुति दिन पुगेकी हुन्।

महायज्ञमा भक्तजनको उल्लेख्य सहभागिता बढ्दो क्रममा रहेको बेला चौहानको उपस्थिति थप आकर्षण बन्ने अपेक्षा गरिएको छ। विशेष प्रस्तुति दिने उद्देश्यले उनी काठमाडौंबाट पोखरा पुगिसकेकी छन्।

पोखरा विमानस्थलमा अवतरण गरेलगत्तै उनले महायज्ञमा उपस्थित भई आफूले प्रस्तुति दिने जानकारी दिँदै सम्पूर्ण भक्तजनहरूलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्