स्मरिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक



काठमाडौं

चर्चित गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली आधुनिक गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक गरिएको छ। नेपाली संगीतमा निरन्तर क्रियाशील आरके परियारको शब्द तथा संगीतमा तयार गरिएको यस गीतमा प्रेमी युगलबीचको गहिरो भावनात्मक सम्बन्धलाई अभिव्यक्त गरिएको छ।

गीतमा प्रेम, अनुभूति र सामाजिक संवेदनशीलतालाई समेट्ने प्रयास गरिएको छ, जसले नेपाली संगीतप्रेमीहरूको मन छुने अपेक्षा गरिएको छ। विशाल निरौलाको संगीत संयोजन तथा कुमार राणाको मिक्सिङ र मास्टरिङले गीतलाई थप आकर्षक बनाएको छ।

भिडियो निर्देशन चित्रा मास्कीले गरेका हुन्। भिडियोमा स्मरिका ढकाल र पुरु भण्डारीसँगै आरके सुवेदी र सुजन सुवेदीको पनि अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई आकर्षक ढंगले सम्पादन गरिएको छ।

यो गीत नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा प्रस्तुत गरिएको छ, जसले नेपाली संगीतमा नयाँ स्वाद थप्ने विश्वास लिइएको छ।

link : https://www.youtube.com/embed/4YNgbMe2PI0?si=kSZRzUxaHlMVbu9u

प्रतिक्रिया दिनुहोस्