हेम राजको “तिमी मेरो प्राण हौ” गीतमा सनम र पुनमको रोमान्स



काठमाडौँ, ३० बैशाख

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव हेम राज तामाङ हालसालै गीत लेखनमा पनि सक्रिय भएका छन्। यसै क्रममा उनले लेखेको नयाँ गीत “तिमी मेरो प्राण हौ” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

एभरेस्ट ग्यालरी टिमको निर्माणमा तयार भएको यो गीतको भिडियो प्रेमभावनाले भरिपूर्ण छ। रञ्जन राई र अनु चौधरीको स्वरमा सजिएको गीतमा संगीत सौगात जंग थापाले भरेका छन्। भिडियोलाई गीतकार तामाङकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भिडियोमा अभिनेता तथा मोडल सनम कठायत र पुनम श्रेष्ठको जोडी देख्न सकिन्छ। उनीहरूको अभिनयमार्फत प्रेमभाव उजागर गरिएको छ, जसलाई दर्शकले मन पराउने अपेक्षा गरिएको छ।

भिडियोको छायांकन इलाम, अर्जुनधारा नगरपालिका (झापा) लगायत कोशी प्रदेशका विभिन्न रमणीय पर्यटकीय स्थलहरूमा गरिएको छ। उत्सव दाहालले छायांकन गरेका भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन्, भने निर्देशन आयुश शाहीले सम्हालेका छन्।

गीत–संगीत, प्रविधि र कलाकारितामार्फत मुलुकभरिका प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सामाजिक जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले एभरेस्ट ग्यालरीले सुरु गरेको राष्ट्रिय अभियान “दृश्यमा नेपाल” अन्तर्गत यो भिडियो तयार गरिएको हो। यो अभियानले कोशी प्रदेश पर्यटन वर्ष २०८२ मा योगदान पुर्‍याउने लक्ष्य लिएको जानकारी कलाकार तथा अभियन्ता सनम कठायतले दिएका छन्।

link : https://www.youtube.com/watch?v=4SlgM9GoYHg

प्रतिक्रिया दिनुहोस्