
काठमाडौं –
लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। गीतमा प्रेम र प्रेमिल जोडीबीचको भावनात्मक सम्बन्धलाई समेटिएको छ।
गीतको शब्द र संगीत आरके परियारले तयार पारेका हुन्। परियार नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। गीतको संगीत संयोजन विशाल निरौलाले गरेका छन् भने मिक्सिङ र मास्टरिङको जिम्मेवारी कुमार राणाले सम्हालेका छन्।

भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन्। भिडियोमा स्मरिका ढकाल र पुरु भण्डारीसँगै आरके सुवेदी र सुजन सुवेदीले अभिनय गरेका छन्। छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन पनि उनले नै गरेका छन्।
“ढाँटछेउ कतिलाई” लाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले संगीतप्रेमीहरूबीच सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Link : https://www.youtube.com/embed/4YNgbMe2PI0?si=kSZRzUxaHlMVbu9u





