गायक सुगम पोखरेलको “यति छिटो” सार्वजनिक, पुरानो संगीतको मिठास



विराटनगर –
गायक सुगम पोखरेलले “यति छिटो” बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। करिब दुई दशकअघि नै रेकर्ड गरिएको यस गीतलाई गीतकार भूषण खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो।

गीतमा भूषण खरेलको शब्द रहेको छ भने संगीतकार जेम्स प्रधानले संगीत दिएका छन्। गीतकार खरेलका “म रोए पनि तिमी हासिदिनु”, “कति बस्छौ ओढि लाजको घुम्टो”, “बिहानी पहिलो किरणसँगै” जस्ता गीतहरू दर्शक–श्रोता माझ निकै लोकप्रिय छन्।

सुगम पोखरेलले यो गीत श्रोताहरूलाई केही वर्षअघिको संगीत यात्रामा फर्काउने विश्वास व्यक्त गरेका छन्, यद्यपि अहिले संगीतको रुचि र शैलीमा निकै परिवर्तन आएको छ।

गीतको म्युजिक भिडियोमा गायक सुगम पोखरेलसँगै मोडल सबिना राउतको अभिनय देख्न सकिन्छ। भिडियोलाई दिनेश थापाले छायांकन, सम्पादन तथा निर्देशन गरेका हुन्।

https://www.youtube.com/embed/-vVNk–TkDM?si=yQuxyOcYGdaukPkS

प्रतिक्रिया दिनुहोस्