
गायक सुगम पोखरेलले आफ्नो नयाँ गीत ‘यति छिटो’ सार्वजनिक गरेका छन्। करिब दुई दशक अघि रेकर्ड गरिएको यो गीत भुषण खरेलको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो। गीतका शब्द भुषण खरेलले लेखेका हुन् भने संगीतकार जेम्स प्रधानले संगीत संयोजन गरेका हुन्।
गीतकार भुषण खरेलका ‘म रोए पनि तिमी हासिदिनु’, ‘कति बस्छौ ओढि लाजको घुम्टो’, ‘बिहानी पहिलो किरण संगै’ जस्ता चर्चित गीतहरू नेपाली संगीत क्षेत्रमा लोकप्रिय रहँदै आएका छन्।
हालका संगीतप्रेमीहरूको रुचि र शैलीमा परिवर्तन आए पनि ‘यति छिटो’ ले पुरानो मिठास बोकेको संगीत सम्झाउने अपेक्षा गायक सुगम पोखरेलले गरेका छन्।
गीतको म्युजिक भिडियोमा सुगम पोखरेलसँगै सबिना राउतको अभिनय देख्न सकिन्छ। भिडियोको छायांकन, सम्पादन र निर्देशन दिनेश थापाले गरेका हुन्।
सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियो यहाँ हेर्न सकिन्छ:
https://youtu.be/-vVNk–TkDM
यस गीतले श्रोतामा पुराना स्मृतिहरू जगाउनेछ भन्ने विश्वास लिइएको छ।





