
काठमाडौं
गायक दिवस नाथको नयाँ गीत ‘राख मनैमा’ सार्वजनिक भएको छ। शान्तिश्री परियार र शिवम् भण्डारीको स्वर रहेको यस गीतमा दिवस नाथ र शिवम भण्डारीकै शब्द तथा शिवमकै संगीत रहेको छ।
श्यामश्वेत रसाइलीले मिक्सिङ र माष्टरिङ गरेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका छन्। भिडियोलाई जुना विश्वकर्मा र दिवस नाथमाथि फिचर गरिएको छ।

नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन र कलरिङ रहेको भिडियो दिवस नाथको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा आफूले माया गरेको व्यक्तिलाई सधैं मनमा राख्न आग्रह गरिएको छ। लोकल टोन र शब्दको प्रयोगले गीतलाई विशिष्ट बनाएको छ। गीतजत्तिकै भिडियोलाई पनि सशक्त रूपमा प्रस्तुत गरिएको छ।
“हामी सबैको मिहिनेतले एउटा राम्रो गीत दर्शक/श्रोतामाझ ल्याउन सफल भएका छौं। सबैले मन पराइदिनुहुनेमा आशावादी छु,” दिवसले प्रतिक्रिया दिनुभयो।





