
काठमाडौं
द भ्वाइस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको नयाँ गीत ‘नछुट्टिने मन’ सार्वजनिक भएको छ। शान्ता राइको शब्द र स्वर्गीय बिक्रम राइको संगीतमा तयार गरिएको यस गीतमा रोशन राईको स्वर रहेको छ।
गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन् भने मिक्सिङ र मास्टरिङ योगेन मुकारुङले गरेका हुन्। आपोमाली (AA-POMALEE) युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीत भावनात्मक दृष्टिले पनि विशेष छ, किनभने यसमा दिवंगत संगीतकार बिक्रम राइको सम्झना गरिएको छ।

केही दिन अघि यस गीतको महिला संस्करण पनि लोकप्रिय गायिका मेलिना राइको स्वरमा सार्वजनिक भइसकेको छ।
स्वर्गीय बिक्रम राइ भ्वाइस अफ नेपाल सिजन ४ मा टीम राजेशका एडभाइजरको भूमिकामा समेत रहेका थिए। गीतकार शान्ता राइले आफूले रचना गरेको गीत श्रोतामाझ लोकप्रिय हुनेमा विश्वस्त रहेको बताएकी छन्।





