‘वनको तरुल’ सार्वजनिक, लोकधुनमा आधुनिक स्वाद



काठमाडौं
लोकप्रिय गायिका शान्ती श्री परियार र गायक विवेक खत्रीको स्वरमा सजिएको नयाँ लोकगीत ‘वनको तरुल’ सार्वजनिक भएको छ। गीतले नेपाली लोकसंगीतको मौलिकता जोगाउँदै, नयाँ पुस्ताको रुचिअनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ।

गीतमा शब्द र संगीत विक्रम बावु विश्वकर्माको रहेको छ, जसले यसअघि ‘नन्दनी पिरतीको दिल’, ‘लौननी भैया हान्देउ गुलेली’, ‘डोरी बाटेर’, ‘देउन त्यो मन’ जस्ता चर्चित लोकगीतहरूमा आफ्नो सर्जनात्मकता प्रस्तुत गरिसकेका छन्। संगीत संयोजन विश्वास नेपालले गरेका छन्।

भिडियोतर्फ, सुनिल भण्डारीको छायाँकन, नविन धर्ति मगरको सम्पादन र कमल भक्तको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा सरद एलजी, गोविन्द विवसकृपा पौडेलले अभिनय गरेका छन्।

सार्वजनिक भएको छोटो समयमै सामाजिक सञ्जाल र युट्युबमा गीतले राम्रो प्रतिक्रिया बटुल्न सफल भएको छ।

गीतको पुरा भिडियो र्हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=AEvrDTpSr1M

प्रतिक्रिया दिनुहोस्