“रमाउँदै कृष्णजी” भजन सार्वजनिक, गायक मनिष रञ्जन बरालको नयाँ प्रस्तुतिभजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “रमाउँदै कृष्णजी” सार्वजनिक गरिएको छ।



भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन “रमाउँदै कृष्णजी” सार्वजनिक गरिएको छ। उक्त भजनका शब्द भेषराज भट्टराईले लेखेका हुन् भने संगीत गायक बराल स्वयंले गरेका छन्। ध्वनि मिश्रण (मिक्सिङ) समेत बरालले आफैं गरेका छन्।
यो भजन मनिष रञ्जन बरालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

सङ्गीत क्षेत्रमा लामो अनुभव बटुलेका बरालको स्वरमा एक विशिष्ट प्रकारको माधुर्यता पाइन्छ। उनले अहिलेसम्म दर्जनौँ भजनहरू रेकर्ड गरिसकेका छन्। हालै सार्वजनिक गरिएको “कहाँ होला बैकुण्ठ भन्ने ठाउँ” बोलको भजनले दर्शक-श्रोताबाट राम्रो प्रतिक्रिया पाएको थियो।

बरालले आफ्नो पहिलो भजन “कृष्णजीको नामै प्यारो” सन् २०१६ (वि.सं. २०७३) मा रेकर्ड गरेका थिए।

प्रतिक्रिया दिनुहोस्