
मुम्बई । भारतीय अभिनेत्री कियारा आडवाणी आमा बन्न लागेकी छिन् । कियारा र सिद्धार्थ मल्होत्राले सोसल मिडिया अकाउन्टमा खुसीको खबर सेयर गरेका छन् ।
इन्स्टाग्राममा फोटो सेयर गर्दै कियारा र सिद्धार्थ लेख्छन्, ‘हाम्रो जीवनको महान उपहार, चाँडै आउँदैछ ।’ यो पोस्टमा दुईजनाले आफ्नो हातमा बच्चाको ऊनको मोजा देखाएका छन् ।
पोस्ट देखेपछि फ्यान खुसी छन् । फिल्म उद्योगकासाथीले पनि जोडीलाई बधाई दिइरहेका छन् । हुमा कुरैशीदेखि नेहा धुपियाजस्ता स्टारले बधाई दिएका छन् ।
यो जोडीले २१ दिनअघि मात्रै आफ्नो दोस्रो विवाहको वार्षिकोत्सव मनाएको थियो । कियारा र सिद्धार्थको भेट सन् २०२१ मा रिलिज भएको फिल्म ‘शेरशाह’को सेटमा भएको थियो ।