धादिङको गल्छीमा माइक्रोबस दुर्घटना हुँदा १६ जना घाइते



काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडस्थित पृथ्वीराजमार्गमा माइक्रोबस दुर्घटना भएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्