निर्देशक सुदर्शन थापा रिहा



काठमाडौं । फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् ।

उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

निर्देशक थापा सोमबार दिउँसो आफ्नो फिल्म ‘रावायण’को दोस्रो चरणको छायांकन सुरु गर्न लागेको बेला सेटबाटै पक्राउ परेका थिए । पक्राउपछि उनलाई बौद्ध प्रहरी वृत्तमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्