भोली भक्तपुरमा गुन्जिनेछ विपुल क्षेत्रीको स्वर



भक्तपुर । तिमी जाने सिलगुडी म चाहीँ सिक्किम तिर, डडेलो लाग्यो जस्ता चर्चित गीतका गायक विपुल क्षेत्री भक्तपुर आउने भएका छन् ।

बैशाख ३ गते भोली सल्लाघारीस्थित तीन कुनेको चौरमा कालिंगपुंग सिक्किमका नेपाली भाषी उनै गायक क्षेत्रीको विशेष प्रस्तुति रहनेछ ।

उक्त सांगीतिक कार्यक्रमको प्रवेश शुल्क रु.५ सय र १ हजार तोकिएको आयोजकले जानकारी दिएको छ । उनीलगायत अन्य नेपाली कलाकारहरुको समेत सांगीतिक कार्यक्रम हुनेछ, आयोजक औद्योगीक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले भने ।

प्रतिक्रिया दिनुहोस्