‘महाजात्रा’ हेरेपछि ओलीले भने : फिल्मलाई १० अंक दिन केही राजनीतिका विषयले रोक्यो



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म ‘महाजात्रा’ उत्कृष्ट बनेको प्रतिक्रिया दिएका छन् । फिल्म हेरेपछि सोमबार प्रतिक्रिया दिने क्रममा उनले १० मा ९ दशमलव ५ नम्बर दिने बताए ।

अध्यक्ष ओलीले भने, ‘फिल्मलाई १० मा १० अंक दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ । पहिलो हाफमा मनोरञ्जन र दोस्रो हाफमा सन्देश दिएको छ । फिल्म राम्रो बन्न सन्देश दिने कथा र त्यसलाई सम्प्रेषण गर्न अभिनय चाहिन्छ, यी दुवै पक्ष महाजात्रामा सशक्त छन् ।’

फिल्म हेर्न ओली एमालेका ४० जना नेताको समूह लिएर सिनेमा घर पुगेका थिए । पत्नी राधिका शाक्यसहित ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओलीलगायतका नेता सहभागी थिए ।

अध्यक्ष ओलीसहित फिल्म हेर्न उपस्थित नेताको निर्देशक प्रदीप भट्टराई, अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, अरविन खड्का लगायतले भेटेर धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्