स्रोताको मन जित्दै अजित घिसिङ तामाङको ‘वाचा’, अनु चौधरीसंग यूगल गायन (भिडियो)



काठमाडौं । नेपाली साङ्गीतिक क्षेत्रमा बहुआयामीक व्यक्तित्वको छवि बनाउन सफल संगीतकर्मी अजित घिसिङ तामाङले केही दिनअघि सार्वजनिक गरेको आफ्नो नयाँ यूगल गीत ‘वाचा…’ मार्फत दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ । गायक, गीतकार, संगीतकार, संगीत संयोजक तथा म्युजिक भिडियो निर्देशकको रुपमा स्थापित भएका संगीतकर्मी घिसिङको केही दिनअघि सार्वजनिक भएको यो नयाँ गीतले छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो ।

प्रस्तुत गीतमा पनि संगीतकर्मी घिसिङकै शब्द, संगीत तथा संगीत संयोजन सुन्न सकिन्छ । यो रोमान्टिक मेलोडी शैलीको गीतले खासगरि युवापुस्ताका दर्शक तथा स्रोताको मन जितिरहेको छ । निकै रोमान्टिक तथा मन छुने शब्दहरुको यो गीतमा समावेश मेलोडियस संगीतले यो गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको हो भन्दा फरक पर्दैन ।

गायक घिसिङले यसअघि धेरैले धेरै माया, ताली, झ्वाइँ खट्टे (प्रमोद श्रेष्ठ र अजित घिसिङ तामाङ), पञ्चै बाजा, नाच्यो चरी (सेलो गीत), आँखा चिम्लि हेर (उषा पाख्रिन र अजित घिसिङ तामाङ), सुटुक्कै (रचना रिमाल र अजित घिसिङ, शब्द रमेश अधिकारी) आदि गीतहरु अत्यधिक लोकप्रिय भएका छन् ।

यो गीतको म्युजिक भिडियोलाई निर्देशक विभोर पोखरेलले तयार पारेका हुन् । सुनिल बुढाथोकीको निर्देशनमा तयार भएको यो गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । विशाल थापाको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको यो गीतको भिडियोमा विजय कार्की तथा अनिमा विश्वकर्माले अभिनय गरेका छन् । सार्वजनिक भएको दुई दिनमै झण्डै सवा तीन लाख पटक हेरिएको यो गीतको भिडियोमा सयौं प्रतिक्रियाहरु आएका छन् । भिडियोमा आएका प्रतिक्रियाले गीतका शब्द, संगीत तथा स्वरका साथै कलाकारहरुको अभिनयको समेत प्रशंसा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्