रारा राष्ट्रिय म्युजिक अवार्ड प्रदान, डेभिड शंकर र नीता आचार्य उत्कृष्ट गायक गायिका



काठमाडौं । रारा राष्ट्रिय म्युजिक अवार्ड २०८० सम्पन्न भएको छ। कनका सुन्दरी फिल्मसको आयोजनामा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा अवार्ड कार्यक्रम भएको हो।

समारोहमा प्रथम देउडा गायक स्वर्गीय महाशंकर देबकोटाको नामबाट महाशंकर राष्ट्रिय प्रतिभा पुरस्कार २०८० वरिष्ठ देउडा गायिका सेतु खड्कालाई प्रदान गरिएको छ। समाजसेवी संस्थाका प्रमुख सल्लहकार रतननाथ योगी र पत्रकार गीता अधिकारी पनि सम्मानित भएका छन्।

कार्यक्रममा मागल, हुड्के देउडा र छलो प्रस्तुत गरिएको थियो । कार्यक्रममा गीत संगीतका विभिन्न ३० विधाका विजेता कलाकार तथा स्रस्टाहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा सर्वोत्कृष्ट गीतकार पुरुषको अवार्ड टेक तामाङ, सर्वोत्कृष्ट आधुनिक पप गायक डेविड शंकर तथा गायिका नीता आचार्य त्यसैगरि सर्वोत्कृष्ट आधुनिक पप मोडल विधामा पुरुषतर्फ पुष्प खड्का तथा महिलातर्फ वर्षा शिवाकोटीले अवार्ड प्राप्त गरेका छन्।

लोक विधाका सर्वोत्कृष्ट मोडल महिलामा एन जेड शालु र पुरुषमा सागर लम्साल बलेले अवार्ड जितेका छन्।

सर्वोत्कृष्ट आधुनिकरपप म्युजिक भिडियो निर्देशनको अवार्ड डिबी खड्का, सर्वोत्कृष्ट नवमोडलमा पुरुषतर्फ अन्सु बर्मा र महिला पवित्रा शाकीलले अवार्ड जितेका छन्। कर्णालीमा जन्मे–हुर्केका संगीतकर्मी पदमबहादुर रोकायाको संयोजनमा अवार्ड हुँदै आएको छ। उक्त अवार्डमा कर्णालीका भाषा, भेषभुसा समेत झल्काउने गरिएको छ।

यस्तो छ अवार्ड विजेतको सूची

१, उत्कृष्ट राष्ट्रिय भावको गीत

अजय पल सिंह– छोरो नेपालको

२, उत्कृष्ट गीत

शम्भु कुँवर– माइली

३, उत्कृष्ट गीतकार (आधुनिकरपप)

पद्मा लिङ्खा मगर– अम्मली पो भएँ

रोहित घिमीरे— सान्बाबु

, उत्कृष्ट संगीतकार (आधुनिकरपप)

रामकुमार रिमाल— पूरा भयो सपना

५, उत्कृष्ट गायक (आधुनिकरपप)

डेविट शंकर— सधै यस्तै मिठा कुरा

६, उत्कृष्ट गायिका (आधुनिकरपप)

निता आचार्य— मनको धोको

७, उत्कृष्ट नव गायन (आधुनिकरपप)

निमा शेर्पा— भन आज

८, उत्कृष्ट मोडल पुरुष (आधुनिकरपप)

पुष्प खड्का— अम्मली पो भए

९, उत्कृष्ट महिला मोडल (आधुनिकरपप)

वर्षा शिवाकोटी— पानी दर

१०, उत्कृष्ट नव मोडल महिला (आधुनिकरपप)

पवि शाकी— जुम्ला

११, उत्कृष्ट नव मोडल पुरुष (आधुनिकरपप)

अंशु बर्मा— सुन चाँदी २

१२, उत्कृष्ट म्यूजिक भिडियो निर्देशक (आधुनिकरपप)

डिबी खड्का— सधैं यस्तै मिठा कुरा

१३, उत्कृष्ट शब्द रचना (लोक दोहोरी)

याम प्र.निउरे— तिम्रो घरबार

१४, उत्कृष्ट लय (लोक दोहोरी)

डा.शिव सुवेदी— दुःख टर्या छैन

१५, उत्कृष्ट लोक दोहोरी गायक

कुमार कार्की – मनको चाहाना

१६, उत्कृष्ट लोक दोहोरी गायिका

पूर्णकला वि.सी.— माइली

१७, उत्कृष्ट मोडल पुरुष लोक दोहोरी

सागर लम्साल— वनै ज्यू दाजै ज्यू

१८, उत्कृष्ट मोडल महिलालोक दोहोरी

एन जेड सालु— आँखैमा बस्छौकी माया

१९, उत्कृष्ट नव मोडल (लोक दोहोरी)

गणेश भट्ट— मैसाप

२०, उत्कृष्ट लोक दोहोरी म्यूजिक भिडियो निर्देशक मिलन श्रेष्ठ— मनमा तिमी

२१, उत्कृष्ट छायाङ्कार

विरेन्द्र भट्ट— नपार दोधारमा

२२, उत्कृष्ट सम्पादक

अमृत चापागाई— म त मर्छु होला

२३, उत्कृष्ट एरेन्जर

विशासाल निरौला –— किन मरिनँ म–२

२४, उत्कृष्ट श्रृङ्गार

विमला तामाङ— सकम्बरी

२५, उत्कृष्ट अडियो मिक्सिङ्ग

मनोज परियार— भिर माहुरी

२६, उत्कृष्ट गायक भाषाभाषी

सागर एस वाइबा— केप्पा योङ योङ

२७, उत्कृष्ट गायिका भाषाभाषी

कृष्णा सिराडी— बास घुघुती

दिपा रोकाया— सालीभिना (जुरी अवार्ड )

२८, उत्कृष्ट नव प्रतिभा गायन (भाषाभाषी)

पशुपति खनाल— सँगै लैजा मलाई

२९, उत्कृष्ट लाइभ दोहोरी गायक

छत्र शाही

३०, उत्कृष्ट मोडल जुरी अवार्ड

सुजल बम

प्रतिक्रिया दिनुहोस्