प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ



काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन्। मंगलबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

उनी तत्कालीन सेन्चुरी कमर्सियल बैंकमा सीईओ हुँदा कर्जा रकम लगानी गर्ने बेलामा हिनामिना गरेको आरोपमा पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

त्यसैगरी सेन्चुरी बैंककै पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको स्रोतले बताएको छ ।

सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो । न्यौपाने मर्जपछि प्रभु बैंकमा सिनियर डेपुटी सीईओको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्