राजु सुब्बाको गजल  ‘मेरै निम्ति’ सार्वजनिक ( भिडियो )



काठमाडौं । गायक अजनिश राईको  सुमधुर स्वरमा सजिएको प्रेमिल शैलीको गजल ‘मेरै निम्ति’  लिरिकल भिडियो सहित सार्वजनिक भएको छ। गजलको संरचनात्मक स्वरूप फऊलुन् लयमा, बहर- मुतकारिब प्रयोग गरि राजु सुब्बाले यसलाई लेखेका हुन्।  

गीतमा  संगीत र संगीत संयोजन स्वयम् गायक अजनिश राईको रहेको छ।  गीतको रेकर्डिङ म्याट्रिक्स साउण्ड ल्याब दार्जिलिङमा गरिएको हो।  लिरिकल भिडियोलाई कमल राईले बनाएका हुन्।   भिडियो ‘असल टिभी’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि यस च्यानलमा  वृत्तचित्र ‘कुन हो मेरो देश’, ‘मेरो देश’ गीत लगायत अन्य सिर्जनाहरु सार्वजनिक भैसकेका छन्।  

प्रतिक्रिया दिनुहोस्