जिबन बम्जन र रमेश तमाङको शब्दमा ‘ग्यानगोले सगुन ड्यानगोले ताम’ गीत सार्वजनिक



काठमाडौं । गायीका पूजा तमाङको स्वरमा नयाँ गीत ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ‘ सार्वजनिक भएको छ । पूजा तमाङ युट्युब च्यानलमार्फत् सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत ‘ग्यानगोले सगुन ड्यानगोले ताम ’ बोलको गीत सार्वजनिक गरिएको हो । सोनाम ल्होछारको वा तमाङहरूको नयाँ वर्षको अवसरमा सो गीत सार्वजनिक गरिएको हो ।

तामाङ जातिको महान् पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार जिबन बम्जन र रमेश तमाङको भनाइ छ । उक्त गीतमा संगीत र एरेन्ज चन्द्र कुमार दोङले भरेका छन । ‘ ग्यानगोले सगुन ड्यानगोले ताम ’ सोनाम ल्होछार मनाउनको लागि गीतमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्