जिग्री ट्रेलर १ पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो



काठमाडौं । कमेडी–क्राइम–एक्सन-ड्रामाको मिश्रण रहेको चलचित्र ञजिग्रीझको ट्रेलर सार्वजनिक गरिएको छ । पैसाको चक्करमा दुई युवाको दौडधुप अनि किचलो चलचित्रको मुख्य विषयबस्तु रहेको ट्रेलरमा देख्न सकिन्छ । चलचित्रको ट्रेलर ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।

फागुन ४ गते प्रदर्शन हुने चलचित्र ञजिग्रीझलाई आकाश मगरले निर्देशन गरेका हुन् । चलचित्रमा अभय राज बराल र आकाश मगरसँगै सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।

सुस्केरा आर्ट्सको प्रस्तुति तथा निर्माण र लोकल सिनेमाको निर्माण सहकार्य रहेको चलचित्रका कार्यकारी निर्माता कुसुम थापा मगर र निर्माता कुमार श्रेष्ठ रहेका छन् । चलचित्रमा छायाङ्कन सुमित भट्ट र सोमित माझी, सम्पादन र कलर सरुन मानन्धर, ध्वनि परिकल्पना र मिश्रण किशोर आचार्य, प्रोडक्सन डिजाइन आकी थेक्पा, सङ्गीत सुवास पौडेल र भास्कर स्वाँर, कास्टिङ निर्देशक केदार श्रेष्ठ र भिएफएक्स लुज राजभण्डारीको रहेको छ । चलचित्रको वितरण सुस्केरा आर्ट्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्