टेलिश्रृंखला ‘डिङ्नो’ निर्माण घोषणा



काठमाडौँ । नयाँ टेलिश्रृंखला ‘डिङ्नो’ जीवनको सहारा’ निर्माणको घोषणा गरिएको छ । शुक्रबार विश्वज्योती सिनेप्लेक्समा एक कार्यक्रमका बिच निर्माणको घोषणा गरियो । सामाजिक परिवेशलाई जिवन्त उतार्दै फरक स्वादमा फरक भूगोलमा छायांकन गरिने जानकारी गराइयो ।

लुम्बिनी प्रदेशको दाङ्ग र आसपासको ग्रामीण परिवेशको प्रतिनिधित्व गरेको कथाले समग्र देशका कुना कन्दरा र विदेशसम्मका भोगाई छुने प्रयास गरिएको टेलिश्रृंखलाका निर्देशक बिष्णु बुढाथोकीले जानकारी दिए ।

‘हजारौ जेहेन्दार, दक्ष नेपाली जनशक्ति दिन प्रतिदिन आफ्नो र परिवारको झिनो सपनाको झोला बोकेर बिभिन्न बहानामा बिदेशिने लर्को छ । जसको कारण हिजोआज हाम्रो गाउँबस्ती, समाज सहारा बिहिन हुँदै गएका छन् । यिनै बिषयलाई उठाएर टेलिश्रृंखला देखाउने प्रयास गर्नेछौुं, निर्देशक बुढाथोकीले भने । ‘हिजोको हराभरा परिवेश भएका गाउँबस्ती आज सुनसान मात्रै होइन कहिलेकाहिँ त मलामी बिहिन पनि बनेको छ । यस्ता कुरालाई केहिहदसम्म रोक्ने प्रयास टेलिश्रृंखला डिङ्नोले गर्ने विश्वास लिएका छौं ।’

टेलिश्रृंखला ‘डिङ्नो’ प्रत्येक सोमबार हिमालय टेलिभिजनमा ८ देखी ९ बजेसम्म प्रसारण हुनेछ । ‘डिङ्नो’ यहि माघ १५ गतेबाट प्रसारण हुने बताइएको छ । ‘डिङ्नो’मा कुलदिप अधिकारी, रोश्नी कार्की, जेबि डिसी, बिष्णु बुढाथोकी, पुर्ण बहादुर गन्धर्व, सरिता कठायत, सुप्रभा अधिकारी, आकुशा श्रेष्ठ, सन्दिप वस्ती लगायतका कलाकारको अभिनय रहेको छ । योगेश काजीको शिर्ष गीत रहेको टेलिश्रृंखलामा अंकुर गुरुङको छायांकन, पुर्ण बहादुर गन्धर्वको पटकथा तथा संवाद रहेको छ ।

यस्तै सन्जिव कार्कीको सहायक निर्देशक, आनन्द पुन र बसन्त बुढाथोकी कार्यकारी निर्माता र शैलेश खत्री निर्मातामा रहेका छन् । कथा भने कुल्दिप अधिकारीको रहेको छ । टेलिश्रृंखला एडी रिलिजले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्