भुवन के पोखरेल र जुना कार्कीको अभिनयमा ‘हे सानु’ सार्वजनिक



काठमाण्डौं । गायक बिनोद दनुवारको स्वरमा ‘हे सानु गीतको भिडियो सार्वजनिक भएको छ । नवराज घिमिरेको शब्द संगीतमा तयार गरिएको गीतमा नेपाली युवाहरु बिदेशिनु पर्दाको पीडा पोखिएको दृश्य देख्न सकिन्छ । यो गीत निकै मार्मिक मर्मस्पर्सी व्यक्त गरिएको छ ।

गीत सङ्गीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित हे सानू बोलको आधुनिक गीत सार्वजनिक भएको हो । यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको मिडिया हब द्वारा प्रसारित टेलि सिरियल भैरवीमा डक्टरको भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन ।

भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गीतको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवाहरुको बेदना पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्