गायक प्रचण्डबाबु राईको ‘अमेरिकामा ब्रेकफास्ट’ सार्वजनिक



काठमाडौं । गायक प्रचण्डबाबु राई केहि समयको ब्रेकपछी पुनः आफ्नो नयाँ गीत ‘अमेरिकामा ब्रेकफास्ट’ लिएर नेपाली सांगीतिक क्षेत्रमा आएका छन् ।

राम गोपाल ‘आशुतोष’को शब्द र लोकप्रिय संगीतकार हरि लम्सालको संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ । प्रचण्डबाबु र अस्मिता अधिकारीले युगल गायन रहेको गीतको भिडियोलाई टुवेल नोट्सको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

आम नागरिकहरुले देख्ने सपनाका शब्दहरुलाई समेटेर गीत तयार पारिएको गीतको भिडियोमा मोडेल कविता नेपाली र सुरेश देवलको अभिनय रहेको छ ।

भिडियोलाइ रोशन श्रेष्ठले निर्देशन गरेका हुन् । सफल गनेजुको सिनेमाटोग्राफी ,गम्भीर बिस्टको कोरियोग्राफी र प्रविन भट्टको सम्पादन रहेको भिडियोलाइ ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा छायांकन गरिएको छ ।

नुवाकोट देवीघाटका गायक प्रचण्डबाबुको गत बर्ष सार्वजनिक गीत ‘दिल खोलेर कुरा गरन’ निकै लोकप्रिय भएको थियो ।

प्रतिक्रिया दिनुहोस्