गायक राजीवको ‘लप्सी फेदीमा’ गीत रिलिज (भिडियो)



काठमाडौं । ६० को दशकको सर्वाधिक हिट गीत ‘बलेको आगो जलेको प्रेम…’का गायक राजीव लोहनी नयाँ गीत लिएर केहि बर्षपछि पुनस नेपाली सांगीतिक बजारमा आएका छन् ।

सन्चारकर्मी एब गीतकार मंदिरा ढुंगेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा’ गीतलाई कन्च कृयटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । फरक खालको गीत संगीत गर्न रुचाउने राजीवद्वारा संगीतबद्द गीतलाई उनले फरक शैलीको ट्युनमा कम्पोज गरेका छ्न । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।

नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय रहेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन्। उनको भिडियोमा श्रद्धासंग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनम बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

२०६०दशकको सुरुमा ‘टयुन’ र ‘भोकलिस्ट’ गरी दुइटा एल्बम नेपाली सांगीतिक बजारमा तहल्का मच्चाएका उनको ‘बलेको आगो जलेको प्रेम…’ बाहेक पनि ‘फूल रोज्दा काँडा पाएँ..’, खुसी आउँछ उमंग लिएर…’, ‘रेटियो मुटु…’ जस्ता सर्वाधिक रुचाइएका गीतहरुका उनै गायक राजीव ‘लप्सी फेदीमा’ गीत पछि पुन : नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भएर अघि बढ्न खोजेका देखिन्छन ।

प्रतिक्रिया दिनुहोस्