अमेरिकाबाट गोपालले ल्याए ‘तक्दिर’(भिडियो) 



काठमाडौं । अमेरिकामा बस्नु हुने नेपाली कला,सहित्यप्रेमी गोपाल लोहारको शब्द रचनामा रहेको ‘तक्दिर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक स्वरूप राज आचार्यको सुमधुर  स्वरमा सजिएको यस गीतमा पुष्प गजमेरको  संगीत र संगीत संयोजन  रहेको छ।

म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ।  तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो ।  भिडियोको निर्मात्री भीमा लोहार हुन्। ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो ।  

यसअघि गीतकार लोहारको शब्दमा ‘जुनमा हेरु तिमीलाई’, ‘किन मायामा’, ‘जिन्दगी यस्तै हो’, ‘तिम्रै नाम होस्’, ‘मेरो कथाको’, ‘एकै छिन’, ‘राधा पियारी’ लगायतका थुप्रै भिडियोहरु सार्वजनिक भैसकेका छन् । निर्माण टिमले नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन  सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्