पद्मा लिंखा मगरको शब्दमा ‘आँखा जुध्यो’ सार्वजनिक



काठमाण्डौं । गीतकार तथा समाजसेवी पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ‘आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन ।

राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।

उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ‘आँखा जुध्यो’ गीतको भिडियोमा मालिका महत र कुसाङ बोमजनको फिचरिङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्