गायिका सुमिना लोको स्वरमा ‘उठनु पर्छ जुटनु पर्छ’ सार्वजनिक



काठमाडौं । तामाङ सेलोमा निकै रुचाइएकी गायिका सुमिना लोको स्वरमा रहेको उठनु पर्छ जुटनु पर्छ’ गीतको अडियो सार्वजनिक भएको छ ।

साहित्य एवम् समाजसेवामा सक्रिय गीतकार दिलीप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार गरिएको छ ।

तामाङ समुदायको कला सस्कृतिको जर्गेना एवम् संरक्षण गर्दै जागरण ल्याएर समाजमा परिर्वतन गर्नुपर्ने विषयबस्तुलाई गीतमा चित्रण गरिएको छ ।

समुदायका हरेक व्याक्तिहरुलाई शौक्षिक चेतना दिएर समाजमा उनीहरुको आवाजलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने गीतकार योञ्जनले बताए ।

प्रतिक्रिया दिनुहोस्