विजय राज भुर्तेलको निर्देशनमा ‘माया हाम्रो’ सार्वजनिक



काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।

श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा समेटिएको छ ।

जयेन्द्र कुवँरको छायाँकन तथा विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको गीतमा सागर गैरे र कोरल थापाको अभिनय देख्न सकिन्छ ।\

प्रतिक्रिया दिनुहोस्