मत विभाजित भएपनि मन विभाजित भएको छैन : सबैलाई हार्दिक धन्यवाद !



नेकपा एमालेको प्रथम ऐतिहासिक बागमती अधिवेशनबाट प्रदेश कमिटीको नेतृत्वमा पुग्नुहुने सम्पूर्ण कमरेडहरुलाई हार्दिक बधाई ! एकता प्रक्रियाको छोटो समयमा सर्वसम्मत प्रतिनिधि बनाउनुहुने बूढानीलकण्ठ नगरपालिकाका सम्पूर्ण कमरेडहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु।

नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा ( एमाले)लाई  बलियो बनाउने यो अभियानमा सामेल पार्टी कमिटीका सम्पूर्ण कमरेडहरुलाई  हार्दिक धन्यवाद । लामो राजनीतिक यात्रामा लागेको मलाई एउटा अधिवेशनको हार र जितले खासै फरक पार्दैन। नेकपा एमालेलाई अझ बैचारिक, गतिशील र बलियो बनाउने अभियानमा हाम्रो भेट हुने अपेक्षा गर्दछु।

निर्वाचनको सन्दर्भमा पार्टी कमिटीका प्रतिनिधि साथीहरुको मत विभाजित भएको हो, मन हामी सबैको एकै ठाउँ – एमाले राम्रो बनाउने नै हो।

सबै कमरेडहरुमा हार्दिक अभिवादन !

मुरारी प्रसाद भण्डारी
नेकपा एमाले
बागमती प्रदेश प्रतिनिधि परिषद सदस्य

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्